Trending
राजनीति उपनिर्वाचन अपडेट : शान्तिपूर्ण मतदान जारी, आजै मतगणना राजनीति इलाम २ उपनिर्वाचन : तारबारसहित तयार भयो मत गणनास्थल राजनीति पालिकामा सुविधासम्पन्न खेल मैदान हुनुपर्छ : शेरबहादुर देउवा खेल रोहित पौडेलको सानदार शतकसहित नेपाल विजयी राजनीति कूटनीतिज्ञ आचार्यको दृष्टिमा कुन प्रधानमन्त्री कस्ता ? राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन

‘रुघाखाेकी लाग्ने बित्तिकै आत्तिएर अस्पताल पुग्नु पर्दैन, याे माैसमी रुघाखाेकी लाग्ने समय पनि हाे’

काठमाण्डाै – रुघाखोकी लाग्ने बित्तिकै कोरोना भाइरसको शङ्का नगर्न सरकारले आग्रह गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोलाले अहिले मौसमी रुघाखोकी लाग्ने समय नै भएकाले रुघाखोकी लाग्ने बित्तिकै कोरोना भाइरसको शङ्का नगर्न आग्रह गर्नुभयो ।

चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएकाले वुहानबाट आएका नागरिकमा कोरोना भाइरसको जोखिम हुने भए पनि अहिलेसम्म नेपाल आएका एक जनामा मात्र कोरोना पुष्टि भएकाले आत्तिनुपर्ने अवस्था नभएको उहाँले बताउनु भयाे ।

भाइरस पुष्टि भएका व्यक्ति र उनको परिवार अहिले सुरक्षित रहेकाले नेपालमा फैलने सम्भावना नरहेको पनि उहाँले दाबी गर्नुभयो । सुरुमा रुघाखोकी लाग्नु, उच्च ज्वरो आउनु र बिस्तारै श्वासप्रश्वासमा समस्या आउनु कोरोनाको लक्षण भएकाले मौसमी रुघाखोकी लागेका बिरामी आत्तिएर अस्पताल पुग्ने गरेको टेकु अस्पतालले जनाएको छ ।

कोरोनाको परीक्षण गराउनुअघि मौसमी रुघाखोकीकै जाँच गराउन पनि डाक्टर बास्तोलाको सुझाव छ । रुघाखोकीबाट बच्न बाहिर गएर आएपछि राम्ररी साबुनपानीले हात धुने, हाच्छ्युँ गर्दा रुमाल वा कपडाले मुख छाेप्नु, तातो झोलिलो खानेकुरा खान सकिने पनि डाक्टरले बताएका छन् ।

यसैबीच सरकारले अब कोरोनाकोे उद्गमस्थल वुहानबाट आएका नागरिकको मात्रै कोरोना भाइरस परीक्षण गर्ने निर्णय गरेको छ । मौसमी फ्लुको समय भए पनि जो कोही परीक्षणको लागि अस्पताल पुगेपछि सरकारले वुहानबाट आएका नागरिक, उनका परिवार र उपचारमा संलग्न डाक्टरमा लक्षण देखिए उनीहरुकाे मात्रै परीक्षण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP