Trending
राजनीति नेता खतिवडाको प्रश्नः देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो ? अपराध जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधबार पूरा हुने

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी बुधबार पूरा हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार बुधबार सातौं चरणको ‘प्लाजा फेरेसिस’ प्रक्रिया सम्पन्न भएपछि उपचार पूरा हुनेछ । प्रधानमन्त्री ओली हाल सिंगापुरमा उपचाररत छन् ।

उपचारका क्रममा ‘प्लाजा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने काम भइरहेको छ । प्रधानमन्त्रीसँगै रहेका उनका नीजि चिकित्सक डा।दीलिप शर्मालाई उद्धृत गर्दै अर्यालले जनाएअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ ।

आइतबार उनले ट्वीटरमा लेखेका छन्, ‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ ।’

यसअघि शनिबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले पनि आगामी बुधबार अन्तिम चरणको उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP