एजेन्सी
नोभेम्बर २२ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घटेर ६५६.५८२ बिलियन डलरमा पुगेको छ। देशको केन्द्रीय बैंकले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले यस्तो देखाएको हो।
विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो घटक विदेशी मुद्रा सम्पति ३ अर्ब ४३ करोड डलरले घटेर ५६६.७९१ अर्ब डलर पुगेको भारतीय रिजर्भ बैंकले जनाएको छ। तर समग्र सुनको सञ्चिति १ अर्ब ८२८ करोड डलरले बढेर ६७ अर्ब ५७३ करोड डलर पुगेको छ।
अघिल्लो साता (नोभेम्बर १५ मा समाप्त भएको) मा भारतको विदेशी मुद्रा सञ्चिति १७.७६१ बिलियन डलरले घटेको थियो। जसलाई एक सातामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट भनिएको थियो। सेप्टेम्बरमा ७०४.८८५ बिलियन डलरको सर्वकालीन उच्चमा पुगेको विदेशी मुद्रा सञ्चिति धेरै सातादेखि घट्दै गइरहेको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया