Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

सहकारी ठग आरोपी रविको आज पनि बयान

काठमाडौं : सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको आज पनि बयान जारी छ। जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको हो।

शुक्रबार बयान दिएका लामिछानेको आज थप बयान लिइरहिएको हो। उनलाई गत बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो। स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा पनि दोषी देखिएको भन्दै उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जिबी राईसँग मिलेर ऋण लिएको तथ्यमा टेकेर उनीमाथि थप अनुसन्धान भइरहेको हो।

यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा पुर्‍याइएको थियो। पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौंमा बयान सकिएलगत्तै लामिछानेलाई चितवन लैजाने तयारी छ। साहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भइसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP