Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

प्रयोगविहीन बन्यो हुप्सेकोटको वायु ऊर्जाकेन्द्र

परासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा रहेको वायु ऊर्जा मर्मतसम्भार अभावमा प्रयोगविहीन बनेको छ।

एधौवादी डाँडास्थित रुद्रपुरमा नमुना योजनाका रूपमा विसं २०६८ मा निर्मित वायु ऊर्जाकेन्द्र हाल प्रयोगविहीन भएको हो। हावाबाट पङ्खालाई घुमाएर ‘टर्वाइन’को माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि बन्द भएको हो।

ऊर्जाकेन्द्रका अन्य पुर्जा पनि काम नलाग्ने अवस्थामा पुगेका छन्। दुई करोडभन्दा बढी लागतमा निर्मित उक्त परियोजनाबाट हावाका माध्यमले १० किलोवाट र सौर्य ऊर्जाबाट दुई किलोवाट गरी १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो।

उक्त वायु ऊर्जा हाल पूर्ण रूपमा बन्द भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर राना मगरले बताए। वायु ऊर्जा केन्द्र निर्माणपछि स्थानीय समूहलाई रेखदेखका लागि जिम्मा दिए पनि मर्मत सम्भार कुन निकायबाट गर्ने भन्ने स्पष्ट नहुँदा करोडौँको लगानी अलपत्र बनेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्।

विगत १० वर्ष अगाडिदेखि नै वायु ऊर्जाकेन्द्र बन्द रहेकाले त्यसको मर्मतका लागि गाउँपालिकाले पटक–पटक पहल गरे पनि कतै सुनुवाइ नभएको अध्यक्ष पाण्डेको गुनासो छ।

वायु ऊर्जाकेन्द्र मर्मत गर्न स्थानीय सरकारको बजेटले मात्र सम्भव नहुने भएकाले केन्द्र सरकार समक्ष पहलको आग्रह गरिए पनि सुनुवाइ नभएको गाउँपालिकाको भनाइ छ। वायु ऊर्जा बन्द भएपछि सौर्य ऊर्जाको भर पर्नु परेको थियो।

गत वर्षदेखि यहाँ राष्ट्रिय प्रसारण लाइन पुगेपछि बिजुलीको समस्या नभए पनि नमुनाको रूपमा स्थापना गरिएको वायु ऊर्जा केन्द्र प्रयोगविहीन बन्नु दुःखद भएको गाउँपालिका अध्यक्ष पाण्डेले बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP