काठमाडौं : स्थानीय तह उपनिर्वाचनमा परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। मतदान भएका ४१ स्थानमध्ये अधिकांशको नतिजा आइसकेको छ। तर कतिपय ठाउँमा भने मत गणना सुरु नै भएको छैन।
उदयपुरको बेलका ९ मा विवाद हुँदा मत गणना सुरु हुन सकेको छैन। यस्तै, हुम्लाको सार्केगाड गाउँपालिकामा पनि अहिलेसम्म गणना सुरु भएको छैन। त्यहाँ एक सार्केगाड गाउँपालिका उपाध्यक्षका लागि उपनिर्वाचन भएको हो।
यसैगरी दोलखाको गौरीशंकर गाउँपालिकामा पनि एक उपाध्यक्षकै लागि आइतबार मतदान भएको भएपनि मत गणना सुरु भएको छैन। त्यहाँ एक पदका लागि १६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो अपडेटअनुसार त्यहाँ माओवादी केन्द्रका नरपुरा बुढाले अग्रता लिएकी छन्।
यता, काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि मत गणना जारी छ। जहाँ जहाँ निरन्तर कांग्रेसको अग्रता छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया