Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

नेपालमा १० लाख एकल महिला

काठमाडौँ : राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेका छन्।

सोमवार राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणनाको तथ्यांकबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्यांक सार्वजनिक गरेको हो। तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी एकल महिलामा विधवा महिला बढी रहेको देखाएको छ।

नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला‚ विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा त्यसभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक राजन सिलवालले बताए। उनले जसमा ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखिएको पनि बताए।

उनले कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेको तथ्यांक देखाएको बताए। उनले एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको बताए। उनले कार्यालयले अध्ययन गर्दा विधवा, सम्बन्ध विच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्यांक विश्लेषण गरिएको बताए।

उनले विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको बताए। उनले कम्तीमा एकजना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत यी दुई प्रदेशमा देखिएको बताए। उनले दश वर्ष वा त्यसभन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला रहेको भन्दै तथ्यांकले विधुर २.२ प्रतिशत रहेको बताए।

उनले सन् २००१ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा सन् २०२१ मा झन्डै दोब्बरले बढेको जानकारी दिए। उनले विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दर बढे भएको भन्दै ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत थियो भने २०२१ मा ०.७ प्रतिशत पुगेको जानकारी दिए।​

सिलवालले भने‚ ‘९ लाख ९७ हजार ६६२ एकल महिलामा एकल महिला‚ विधवा, सम्बन्ध विच्छेद, भिन्न बसेको र ३५ वर्ष वा त्यसभन्दा माथिका अविवाहित महिला पाइएको छ। सबैभन्दा बढी एकल महिलामा पनि विधवा महिला बढी छन्।’

उनले एकल महिलाका विषयमा राज्यले नीति निर्माण गर्दा बलियो दस्तावेज हुने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP