बालुवाटारमा ओली र दाहाल छलफलमा

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ ।

केहीबेर अघिबाट सुरु भएको उनीहरुबीचको छलफललाई चासोका साथ हेरिएको छ । असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ ।

अर्कोतर्फ पार्टी बैठक चलिरहेको बेला बिहीबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेलगत्तै बैठक नै प्रभावित भएको छ ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र पार्टी फुटाउन लागेको आशंका अरु नेताहरुलाई भएपछि जारी स्थायी कमिटी बैठक एक दिनलाई स्थगित गरेर सहमतिको लागि अधिकतम प्रयास गर्ने निर्णय नेकपाले गरेको थियो ।

शनिबार स्थायी कमिटी बैठक बस्नु अघि पार्टीमा देखिएको संकट समाधानका लागि पहिला दुई अध्यक्षबीच छलफल गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP