Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

फुटबल खेलका क्रममा समर्थकबीच भएको झडपमा ५६ जनाको मृत्यु

एजेन्सी

काठमाडौं : पश्चिम अफ्रिकी देश गिनीमा एक फुटबल खेलका क्रममा समर्थकबीच भएको झडप र त्यसपछिको भागदौडमा परी कम्तिमा ५६ जनाको मृत्यु भएको छ। गिनीको दोस्रो ठूलो शहर नजेरेकोरेको रंगशालामा उक्त घटना भएको हो।

गिनीका सैन्य नेता मामाडी डुम्बोयाको सम्मानमा आयोजना गरिएको फुटबल प्रतियोगिताको फाइनल खेलका क्रममा रेफ्रीले गरेको विवादास्पद निर्णयपछि झडप भएको हो।

पाहुना टोली लाबेका समर्थकहरुले रेफ्रीलाई लक्षित गर्दै मैदानमा ढुङ्गा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो र तस्बिरमा ठूलो संख्यामा मानिसहरु रंगशालाको पर्खाल चढ्न खोजिरहेको र बाहिर थुप्रै शवहरु देखिएको छ। ज्यान गुमाउनेहरुमा थुप्रै जना नाबालक रहेको बताइएको छ।

नजेरेकोरे र लाबेबीचको फुटबल प्रतियोगिता हेर्न रंगशालामा हजारौंको संख्यामा दर्शकको उपस्थिति थियो।

प्रधानमन्त्री ओउरी बाहले घटनाप्रति दुःख व्यक्त गर्दै दोषी पत्ता लगाउन छानबिनको आदेश दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP