Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

बन्धक रिहा नगरे थप विनाशकारी परिस्थिति ब्यहोर्नुपर्ने हमासलाई ट्रम्पको चेतावनी

एजेन्सी

काठमाडौं : अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले जनवरी २० मा आफूले कार्यकाल सम्हाल्नुअघि हमासद्वारा गाजामा बन्धक बनाइएकाहरूलाई रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिनु दिएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ मार्फत् हमास र मध्यपूर्वका लागि यस्तो चेतावनी दिएका हुन्र बन्धक रिहा गर्न भन्दै ट्रम्पले मानवता विरुद्ध अत्याचार गर्ने जो कोहीमाथि कडा कारबाही गर्ने चेतावनी पनि दिए।

जुनसुकै समूहले बन्धक बनाए पनि उसले अमेरिकी इतिहासको अहिलेसम्मकै ठूलो सजायको सामना गर्नुपर्ने उनको चेतावनी छ।

सन् २०२३ अक्टोबरमा अप्रत्याशित रूपमा हमासले इजरायलतर्फ आक्रमण गरेर करिब दुई सय ५० जनालाई बन्धक बनाएर गाजा लगेको थियो। तीमध्ये केही मानिस अमेरिकी नागरिक रहेको बताइएको छ।

दुई सय ५० मध्ये एक सय एक जना अझै हमासको नियन्त्रणमा रहेको इजरायली पक्षको दाबी छ। एक सय एकमध्ये आधाको ज्यान गइसकेको अनुमान गरिएको छ। तीन मध्ये नेपाली युवा विपीन जोशी पनि रहेका छन्।

हमासले भने युद्धविराम नभएसम्म बन्धक रिहा नहुने अडान राख्दै आएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासलाई पूर्ण रूपमा ध्वस्त नपारेसम्म युद्धविराम नहुने बताउँदै आएका छन्।

यसैबीच, हमासले १४ महिनादेखि जारी युद्धमा ३३ जना बन्धकको मृत्यु भइसकेको बताएको छ। हमासले मृत्यु हुनेको राष्ट्रियता भने खुलाएको छैन। बाँकी बन्धक युद्धका क्रममा बेपत्ता भइसकेको जानकारी हमासले दिएको छ। हिजो हमासले आफ्नो नियन्त्रणमा रहेका एक अमेरिकी(इजरायली युवाको भिडियो सार्वजनिक गरेको थियो।

जसमा बन्धक बनाइएका युवाले ट्रम्पलाई आफ्नो रिहाइका लागि पहल र सुरक्षित घर फर्केने सुनिश्चत गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP