काठमाडौं : नेपाल प्रिमियर लिगमा बेटिङ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले चार जनालाई त्रिवि क्रिकेट मैदानबाट पक्राउ गरेको हो।
ब्यूरो प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार उनी चारै जना भारतीय नागरिक हुन्। दुई जनालाई सोमबार र दुई जनालाई मंगलबार पक्राउ गरिएको उनले थाहाखबरलाई जानकारी दिए।
‘ दुई जनालाई हिजो र दुई जनालाई आज बिहान पनि जारी खेलमा बेटिङ गरिरहेको अवस्थामा पक्राउ गरेका हौं’, उनले भने’, ‘ भारतीय नागरिकहरू २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन्।’ पक्राउ परेकाहरूमाथि सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान हुने बोगटीले बताए। एनपिएल सुरू भएदेखि नै बेटिङ हुने आशंकामा सिआइबीको टोली परिचालन गरिएको उनले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया