Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

संसद् अधिवेशनका लागि सांसदहरू नै तयार देखिनुहुन्न : सभामुख घिमिरे

काठमाडौँ : सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकता हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थिति अन्त्य गर्नुपर्ने बताएका छन्।

मंगलवार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरूसँगको अन्तरसंवादमा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्। उनले संसद् कानून बनाउने थलो भए पनि वर्तमान संसद्ले कानून बनाउन नसकेको स्वीकार गरे। उनले संसद्‌मा कानून ल्याउँदा सरकारले आफ्नो आवश्यकता, अध्ययन, बुझाइबाट ल्याउने र त्यही आधारमा संसद्‌मा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे।

उनले सरकारले कानून उत्पत्ति गर्दै सांसदहरूको सहभागिता बनाउने प्रबन्ध गर्न आवश्यक रहेको बताए। उनले आगामी संसद् अधिवेशन कहिले बोलाउने भन्ने विषय सांसद्हरूको भूमिकामा निर्भर हुने बताए। उनले अहिले सांसदहरू नै संसद् अधिवेशनका लागि तयार नदेखिएको बताए। उनले समितिहरूले संसद्‌मा पेश भएका विधेयकलाई फूल हाउसमा लैजाने गरी तयारी गरी संसद् अधिवेशन छिटो बोलाउन दबाब दिनुपर्ने माग गरे।

सभामुख घिमिरेले भने, ‘कानून उत्पत्ति गर्दै सांसदहरूको संलग्नता कसरी गर्ने भन्ने हाम्रोमा प्रबन्ध भएको छैन। कानून आयोग छ। कानून आयोगलाई कानूनी अध्ययन गर्ने, संशोधन र नयाँ कानून बनाउने जिम्मा दिएको छ। त्यहाँ बजेट अभाव छ। कानून आयोगले पनि संसदहरूसँग समन्वय गरेर काम गर्ने प्रबन्ध गरिनुपर्छ। आगामी संसद् अधिवेशन कहिले बोलाउने भन्नेमा पनि संसद्‌हरूको भूमिकामा निर्भर हुनुपर्छ तर सांसदहरू तयार छैनौँ।’

उनले संसद्को गरिमा उच्च रहेको र सांसदको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सांसदहरूले संसद्लाई कम ठानेर नलाग्न सांसद्हरूलाई आग्रह गरे। उनले सांसदहरूले आफ्नो उचाइबाट सरकारलाई हेर्न सक्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP