Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

नेपाल र चीन प्राचीन ज्ञानको भूमि : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको बताएका छन्।

चीनको चार दिने भ्रमणमा रहेको नेपालका प्रधानमन्त्री ओलीले बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै भने, ‘नेपाल र चीन प्राचीन ज्ञानको भूमि हो।’

उनले महान् दार्शनिक र ऋषिहरूको शिक्षाले पुस्तालाई प्रेरित गरेको उल्लेख गर्दै त्यसले संसारभरका धेरै जीवनहरूलाई प्रभाव पारेको बताए।

ओलीले संसारको यस क्षेत्रमा धेरै महान सभ्यताहरू हुर्केको उल्लेख गरे। ‘ती सभ्यताहरूको महानता हाम्रो समाजको कहिल्यै नटुट्ने जग हो। र, ती सभ्यताहरू अझै पनि आधुनिकतातर्फको हाम्रो यात्रामा प्रतिध्वनित छन्,’ ओलीले सम्बोधनको क्रममा भने, ‘हाम्रो क्षेत्रमा समर्पण र लगनशीलताको धनी छ । हाम्रा पुर्खाहरूले ती विशेषताहरूमा निर्माण गर्न सक्षम थिए। र, प्रगति हासिल गरे । जबकि बाँकी संसार अझै आध्यारो छाया र गहिरो निद्रामै थियो।’उनले हाम्रा पुर्खाहरु विचारकहरू मात्र नभएर आविष्कारक र दूरदर्शी रहेको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरे। उनले भने , ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु।’

उनले नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP