Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

पाल्पामा ‘सुन्तला महोत्सव’ हुँदै

पाल्पा : पाल्पामा सुन्तला महोत्सव हुने भएको छ। रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा यही मंसिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको हो।

रैनादेवी छहरा गाउँपालिका ५ कटौजेपानीमा ‘रिब्दीकोट – रैनादेवी छहरा दोस्रो सुन्तला महोत्सव– २०८१’ आयोजना गर्ने तयारी भइरहेको महोत्सव मूलआयोजक समिमितका संयोजक तथा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुमांगत भट्टराइले बताए।

पाल्पा जिल्लालाई सुन्तला क्षेत्रको रुपमा विकास र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए।

सुन्तला किनबेच गर्न मात्र भइरहेको छ। यहाँका सुन्तला खेतीको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको समेत आकर्षण बढाउने गरी महोत्सवबाट प्रचारप्रसार हुने रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण कार्कीले बताए। यहाँका किसानलाई ठुलाठुला बगैंचा निर्माण गरेर व्यवसायिक सुन्तला खेती गर्नका लागि यो महोत्सवले प्रोत्साहित गर्ने उनले बताए।

महोत्सवमा विभिन्न सुन्तलासम्बन्धि स्टल रहनेछन्। सुन्तला खेतीको प्रचारप्रसार, सुन्तलाहरूको स्टल अवलोकन, विभिन्न जातका सुन्तलाहरूको विरूवा प्रदर्शन, निशुल्कः माटो परीक्षण तथा प्लान्ट क्लिनिक, सुन्तलासम्बन्धि यन्त्र परीक्षण तथा यन्त्र प्रदर्शन, जैविक मल तथा सुक्ष्म खाद्य तत्व प्रदर्शन, सुन्तला जातबाट बन्ने विभिन्न परिकारको प्रदर्शनी, जुस, जाम, जेली, क्याण्डी, ट्याङ लगायतका परिकार प्रदर्शनीमा राखिने मेला व्यवस्थापक तथा रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष दानबहादुर कुवँरले बताए।

यस्तै नमुना सुन्तला बगैंचा अवलोकन, सुन्तला खाने प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकार, स्थानीय लोकबाजा, झाँकी लगायतका संस्कृति अवलोकन गर्न सकिने उनले बताए।

पाल्पाका रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला खेती हुने गर्छ। गतवर्ष रिब्दीकोट गाउँपालिकाबाट ६ करोड र रिब्दीकोट गाउँपालिकाबाट३ करोड बढीको सुन्तला बिक्री भएको थियो। गत वर्ष पनि पालुङमैनादीमा सुन्तला महोत्सव भएको थियो। पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले संसद बैठकमा सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गर्न माग गरेका थिए। लगत्तै सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गरेको छ। किसानले सुन्तलाको उचित मूल्य पाएका छन्। व्यापारी खरिद गर्नका लागि किसानको बगैंचामा नै पुग्ने गरेका छन्। सुन्तला बिक्रीका लागि बजारको कुनै समस्या नरहेको अध्यक्ष कुवँरले बताए।

गुणस्तरीय र अर्गानिक सुन्तला उत्पादन गरेर यस क्षेत्रलाई सुन्तला पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने जिल्ला समन्वय समितका प्रमुख टंकनाथ खनालले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP