Trending
राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात समाज ‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’ समाज बर्दियाका बाढीपीडितले अझै पाएनन् राहत राजनीति सरकार-नेकपा ‘विप्लव’ समूहबीच वार्ता राजनीति एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमालेमै फर्किए flash विजयनगरमा प्रस्तावित विश्व विद्यालय स्थापना सम्बन्धि अन्तरक्रिया खेल लिभरपुलसँग युनाईटेडको लजास्पद हार, सलाहको ह्याट्रिक समाज मेरापिक क्षेत्रमा बेपत्ता आरोहीको खोजीमा तालिम प्राप्त टोली जाँदै

अविरल वर्षाले डगडई सिचाँई बाँध बगाउँदा ४ सय किसान चिन्तित

विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको डगडई सिँचाई बाँध राति परेको अबिरल वर्षाले बगाउँदा ४ सय किसान चिन्तित भएका छन् । गाउँपालिकाको वडा नं. ३ मा रहेको डगडई सिँचाई बाँधलाई अबिरल वर्षाका कारण बाँधले पानीलाई थेक्न नसक्दा बाँधको पुर्वतिरबाट माटो पटान गरी बनाईएको बाँध भत्काएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा उक्त बाँध सिँचाई आयोजना प्रदेश सरकारको १५ लाखको लगानीमा बनाइएको थियो ।
उक्त सिँचाई आयोजनाबाट ४ सय किसानहरु लाभान्वित हुँदै आएको डगडई सिचाँई बाँध आयोजनाका अध्यक्ष अब्दुल ओहाब मुसलमानले बताउनु भएको छ ।

बाँध भत्किदा भण्डारण गरिएको पानी अन्यन्त्र बगेर जाने भएकोले खेती कसरी गर्ने भन्ने कुराले चिन्तित भएको समाजसेवी देबेंद्र मणि त्रिपाठीले बताउनुभयो । उहाँ तत्काल जानकारी पाए लगत्तै सो स्थानमा पुगी त्यहाँको अवस्था बारे जानकारी लिनुभएको थियो । वर्षाको बेलामा भन्दा मंसिरमा गहँु खेती, उखु खेतीका लागि बढी समस्या हुने स्थानीय अब्दुल मोविन मुसलमानले बताउनुभयो ।

यता गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापालाई बाँध बारे जानकारी गराउँदा यसरी अविरल वर्षाका कारण ठुलो क्षति भएको चिन्ता व्यक्त गर्नुभयो । उक्त बाँधलाई अनुगमन गरी मर्मत सम्भारका लागि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP