Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

अवैध कल सेन्टर : सट्टेबाजीमा सक्रिय २ भारतीयसहित ७ जनामाथि म्याद थपियो

काठमाडौँ : ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट सीआइबीको टोलीले छापा हानेर पक्राउ गरिएका ५३ जनामध्ये ७ जना सट्टेबाजीमा सक्रिय रहेको पाइएको छ।

अन्यको पनि छानबिन तथा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। दुई भारतीयसहित ७ जना विगतदेखि नै अनलाइन जुवामा सक्रिय रहेको पाइएपछि उनीहरुमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सिआइबीले जानकारी दिएको छ।

‘२ भारतीयसहित ७ जनालाई अनलाइन सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको र बाँकीको हकमा छानबिन भइरहेको छ’, सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले थाहाखबरलाई जानकारी दिए।

यसरी म्याद थप गरिएकामा विहारका मनिषकुमार झा र गुजरातका राहुल मेगोडा तथा ओखल्ढुङ्गाका मोनी दाहाल, सिन्धुपाल्चोककी सुस्मिता नेपाली, झापाका रोशन बस्नेत, काठमाडौँका आदित्यकुमार सिंह र काभ्रेका सलिन श्रेष्ठ रहेका छन्।

उनीहरुको साथबाट ८५ वटा ल्याप्टप ८२ वटा मोबाइल बरामद भएको थापाले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP