Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् अधिवेशन नचलेका वेला सरकारले अध्यादेश ल्याउनसक्ने बताएका छन्।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको संविधानको धारा ११४ ले अध्यादेशको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन नचलेका वेला अध्यादेश ल्याउनसक्ने बताए। उनले अध्यादेश ल्याउने कुरालाई संसद्को अधिकार कटौती गरेको भनेर बुझ्न नहुने स्पष्ट पारे।

उनले सदनको पहिलो बैठकमै अध्यादेशहरू पेश हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताए। उनले कानून बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेका वेला र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसद्को अवज्ञा भन्न नहुने बताए। अध्यादेश संसद्लाई अवज्ञा गर्ने गरी नभई आवश्यकता महसुस गरेर ल्याइएको बताए।

उपमहासचिव ज्ञवालीले भने, ‘नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको छ। संसद्को अधिवेशन नचलेका वेला सरकारले अध्यादेश ल्याउनसक्छ। त्यो संसद्को अधिकार कटौती गरेको होइन। हामीकहाँ कानून बन्न ५ वर्ष लाग्ने गरेको पीडादायी अनुभव पनि व्यहोरेका छौँ। अहिले सरकारले ल्याएका दुईवटा अध्यादेश छन्। सहकारी पीडितहरू महिनौँदेखि लडिरहनुभएको छ। कतिले उपचार नपाएर ज्यान गुमाउनु परेको छ। केही मान्छेले अनियमितता र रकम दुरुपयोग गरे। हामीले एक वर्षपछि कानून बनाउँछौँ भनेर क्यान्सर पीडितले त पर्खिएर बस्न सक्दैन होला। त्यस्ता समस्या पर्छन् भनेरै संविधानले अध्यादेशको व्यवस्था गरेको होला। संसद्लाई अवज्ञा गरेको भन्ने रूपमा बुझ्ने भन्दा पनि आवश्यकताले ल्याउनुपरेको हो।’

उपमहासचिव ज्ञवालीले दलहरूमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP