Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे

काठमाडौँ : सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुने बताएका छन्।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुने बताएका हुन्। उनले दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताए।

उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्धन हुने जिकिर गरे। उनले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए।

जनताका अभिमत उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताए। लोकतान्त्रिक विधिअनुसार नबनेका राजनीतिक दलहरूमाथि प्रश्न उठ्नु स्वभाविक भएको बताए।

सभामुख घिमिरेले भने, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका सर्वप्रथम माथि रहन पुग्छ। दल आफैँ यस्तो साधन हो जो, आमजनतालाई ठिक दिशामा लैजानसक्छ र जनताका अभिमतलाई ठिक ढंगबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पुर्‍याउने र परिणाम दिने कामको साधक बनेर जानसक्छ। तर ऊ आफैँ लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसका प्रणालीहरू लोकतान्त्रिक छैनन्, उसले सूचना सम्बन्धी कामलाई व्यवस्थित गर्न आफूलाई व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वभाविक छ।’

सभामुख घिमिरेले जनतामा सूचनाको हक अधिकार सुनिश्चित गर्न सबैले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP