Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको दावी गरेका छन्।

आइतवार कामठमाडौँमा नेपाल होटल व्यवसायी महासंघको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी काम अघि बढाइरहेको दावी गरेका हुन्।

उनले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसार तीव्र बनाउनुपर्ने बताए। उनले नेपालको पर्यटकीय सम्भावना देखाउने माध्यम नागरिक उड्डयन क्षेत्र भएकाले हवाई उडान सहज र सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको बताए।

‘विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको छ। यसलाई सजिलो गरी देखाउने, छोटो समयमा धेरै देखाउनसक्ने माध्यम भनेको नागरिक उड्डयन क्षेत्र हो‚’ उनले भने, ‘यही महिनामा के योजना छ भने हाम्रो विषयगत समिति छ। केन्द्रको मन्त्रीको अध्यक्षतामा संघ र प्रदेशका पर्यटनमन्त्रीहरु र स्थानीय तहसँग जोडिएको विषयगत समितिको बैठक बस्दै छौँ।’

मन्त्री पाण्डेले पर्यटनसँग सम्बन्धित मन्त्रालय, सरकारी र निजी निकायहरुसँग समन्वय र सहकार्य गरेर माघमा सर्वपक्षीय सम्मेलन गर्ने जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP