मकवानपुर : राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर आउने भएका छन्।
राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्ग अवलोकनका लागि उनी मकवानपुर आउन लागेका हुन्।
राष्ट्रपति पौडेल बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुर आउने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए।
उनका अनुसार राष्ट्रपति पौडेल मकवानपुरको बकैया–११ लेनडाँडा आउने र लेनडाँडामा निर्माण भइरहेको द्रुत मार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिने कार्यक्रम छ।
त्यसपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन निजगढतर्फ जाने र त्यहीबाट काठमाडौं फर्कने जनाइएको छ।
राष्ट्रपति मकवानपुर आउने भएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको मकवानपुर प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया