Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले नेपालको ४६ प्रतिशतले भू–भाग वन क्षेत्रले ओगटेकाले फर्निसिङका लागि यो क्षेत्र प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए।

उनले सरकारले फिर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रमा विकास गर्न सक्नुपर्नेमा जोड दिए। उनले अहिले पनि नेपालले विदेशमा प्लाइउड धेरै निर्यात गरिरहेको बताए। उनले यो क्षेत्रमा पनि सरकारले विदेशी पुँजी पनि भित्र्याउन खाजेको बताए। उनले नेपाली पुँजीलाई पनि प्रवद्र्धन गरी प्रविधिको विकास गर्न खोजिएको जानकारी दिए।

मन्त्री भण्डारीले विदेशी पुँजी र प्रविधि दुवै भित्र्याउन आवश्यक रहेको बताए। उनले सरकारले वैदेशिक पुँजी प्रविधिसँग जोड्ने योजनामा रहेको बताए।

उनले भने,‘नेपाल ४६ प्रतिशतले ओगटेको छ। यो क्षेत्रमा प्रचुर सम्भावना छ। फर्निसिङ क्षेत्रलाई नेपालको निर्यात क्षेत्रमा विकास गर्न सकिन्छ। नेपालको प्लाइउड धेरै निर्यात गरेको छ। नेपाली बजारमा विदेशी पुँजी पनि भित्र्याउन खाजेका छौँ। नेपाली पुँजीलाई पनि प्रवद्र्धन गरी प्रविधिको विकास गर्न खाजेका छौँ। विदेशी पुँजी र प्रविधि भित्र्याउने भनिएको छ। पुँजी प्रविधिसँग जोडिनुपर्छ।’

उनले स्वदेशी वस्तुहरुको प्रदर्शनीहरु काठमाडौंमा मात्रै सीमित हुन नहुने भन्दै सात प्रदेशका औद्योगिक क्षेत्रहरुमा आयोजना गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP