Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले नेपालको ४६ प्रतिशतले भू–भाग वन क्षेत्रले ओगटेकाले फर्निसिङका लागि यो क्षेत्र प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए।

उनले सरकारले फिर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रमा विकास गर्न सक्नुपर्नेमा जोड दिए। उनले अहिले पनि नेपालले विदेशमा प्लाइउड धेरै निर्यात गरिरहेको बताए। उनले यो क्षेत्रमा पनि सरकारले विदेशी पुँजी पनि भित्र्याउन खाजेको बताए। उनले नेपाली पुँजीलाई पनि प्रवद्र्धन गरी प्रविधिको विकास गर्न खोजिएको जानकारी दिए।

मन्त्री भण्डारीले विदेशी पुँजी र प्रविधि दुवै भित्र्याउन आवश्यक रहेको बताए। उनले सरकारले वैदेशिक पुँजी प्रविधिसँग जोड्ने योजनामा रहेको बताए।

उनले भने,‘नेपाल ४६ प्रतिशतले ओगटेको छ। यो क्षेत्रमा प्रचुर सम्भावना छ। फर्निसिङ क्षेत्रलाई नेपालको निर्यात क्षेत्रमा विकास गर्न सकिन्छ। नेपालको प्लाइउड धेरै निर्यात गरेको छ। नेपाली बजारमा विदेशी पुँजी पनि भित्र्याउन खाजेका छौँ। नेपाली पुँजीलाई पनि प्रवद्र्धन गरी प्रविधिको विकास गर्न खाजेका छौँ। विदेशी पुँजी र प्रविधि भित्र्याउने भनिएको छ। पुँजी प्रविधिसँग जोडिनुपर्छ।’

उनले स्वदेशी वस्तुहरुको प्रदर्शनीहरु काठमाडौंमा मात्रै सीमित हुन नहुने भन्दै सात प्रदेशका औद्योगिक क्षेत्रहरुमा आयोजना गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP