Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले

काठमाडौं : भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाललाई समर्थन गर्दै ५९ एमाले कार्यकर्ताले पार्टी छोड्ने घोषणा गरेका छन्।

संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले रावलको साथमा रहने घोषणा गरेका हुन्।
विज्ञप्तिमा एमाले छोड्नेमा केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायत रहेका छन्।

एमालेले अनुशासन उल्लंघन गरेको भन्दै भीम रावललाई गत पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो।

विज्ञप्तिमा उनीहरुले समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिवद्धता समेत नष्ट गरिएको आरोप लगाएका छन्। उनीहरुले कम्युनिष्ट र समाजवादका विरोधीहरुसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरुले बसिरहनुको कुनै औचित्य नभएको उल्लेख गरेका छन्।

उनीहरुले भीम रावलको योगदानको अवमूल्यन गर्दै पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण र राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धीको पक्षमा तथा भ्रष्टाचारविरूद्ध आवाज उठाएकै कारण सदस्यता ओली समूहले खाएको उनीहरूको दाबी गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP