एजेन्सी
काठमाडौं : अस्ट्रियाका समाजशास्त्री र जनसंख्या मामिलाका विशेषज्ञ वुल्फगङ्ग लुट्सले सन् २००९ मा लेखेको एउटा लेख निकै विवादित बन्यो।
‘जर्नल अफ द रोयल स्टाटिस्टीकल सोसाइटी’ पत्रिकामा प्रकाशित उक्त लेखमा लुट्सले कम जनसंख्या भएको संसारको पक्षमा वकालत गरेका थिए। ‘२–६ अरब जनताको एक सुशिक्षित, स्वस्थ र धनी संसार’ शिर्षकको उक्त लेखलाई अगाडी बढाउँदै सन् २०१७ मा लुट्सले ‘कम जनसंख्या भएको विश्व जलवायु परिवर्तन का परिणामहरु झेल्न अधिक सक्षम हुनेछ’ भनी लेखे।
अहिले कतिपय देशमा जनसंख्या तीव्र गतिमा घटिरहेको छ र यो आर्थिक विकासका लागि एउटा चुनौती बनेको छ। जनसंख्याको प्रश्न थप बृहत बन्दै गएको छ।
जनसंख्या गिरावट र बढ्दो बुढ्यौली समाज
संसारमा जनसंख्याको आंकडा तीव्र रूपमा परिवर्तन भइरहेको छ। कैयौँ देशहरू दोहोरो चुनौती (घट्दो जनसंख्या र बढ्दो बृद्धावस्था) को सामना गरिरहेका छन्। युवा पिँढीमा कम सन्तान जन्माउने प्रवृत्ति र स्वास्थ्य सुधारका कारणले गर्दा यो परिवर्तन भइरहेको अध्ययनहरुले देखाउँछन्, जसले समाज र अर्थतन्त्रमा गहिरो असर पारिररहेको छ।
कुनैबेला सबैभन्दा धेरै जनसंख्या भएको चीनमा तीन वर्षदेखि लगातार जनसंख्यामा गिरावट आएको छ। चीनको राष्ट्रिय जनसांख्यिकी ब्यूरोले गतवर्ष (सन् २०२४) मा जनसंख्या करीब १४ लाख घटेर १.४०८ अरब रहेको बताएको छ, जुन ६ दशकको जनसंख्या बृद्धिपछिको सबैभन्दा ठुलो परिवर्तन हो।
सन् २०२३ भारत विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश बनेको थियो। चीन अहिले बुढ्यौली जनसंख्या र कम जन्मदरको समस्या झेलिरहेको छ। चीनको जनसंख्या गिरावट कैयौँ नीतिहरु र आर्थिक कारणसँग जोडिएको छ। सन् १९८० मा लागू गरिएको एक–सन्तानको नीति परिवर्तन गरेर सन् २०१६ मा तीन सन्तानसम्म पुर्याइयो तर यसबाट ठूलो परिवर्तन आएन।
महँगो जीवन–यापन, महिलाहरु आफ्नो करियरमा धेरै केन्द्रित हुनु, धेरै मानिसहरूको उच्च शिक्षामा बढ्दो रुचीका कारण पनि जन्मदर घटेको पाइन्छ। सन् २०२४ मा, जन्मदर प्रतिएक हजार मान्छेमा ६.७७ पुग्यो जुन संसारको सबैभन्दा कम जन्मदर मध्येको एक हो।
बृद्ध जनसंख्या अर्को समस्याका रुपमा बढ्दै गएको छ। सन् २०३५ तक चीन को एक–तिहाई जनसंख्या ६० वर्षभन्दा माथि उमेरका हुने अनुमान गरिएको छ। २०२४ मा, ६० वर्षभन्दा माथिका मान्छेको संख्या ३१.०३ करोड़ देखियो जुन, अघिल्लो वर्ष २९.७ करोड़ थियो।
यद्धपि, चीनले २०२५ जनवरी १ देखि अवकासको उमेर क्रमशः बढाउँदै गएको छ। यससँगै “एल्डरली युनिवर्सिटीज’ जस्ता कार्यक्रम सुरु गरेको छ जहाँ बृद्ध मानिसहरु योग, डान्स र गाउने जस्ता गतिविधि गर्न सक्छन्।
जनसंख्या गम्भीर संकटका कारण
जनसंख्याको सन्दर्भमा जापानको स्थिति थप गम्भीर बन्दै गएको छ। सन् २००८ मा १२.८ करोड जनसंख्या भएको जापानमा २०२४ मा १२.५ करोडमा झर्यो। यस हिसाबले सन् २०७० मा जापानको जनसंख्या ८.७ करोड़ मा सिमित हुने अनुमान गरिएको छ र त्यसबेला ४० प्रतिशत जनसंख्या ६५ बर्ष या त्यो भन्दा धेरै उमेरको हुनेछन्।
सन् २०२३ मा जापानमा ७ लाख ३०,०० बालबालिका जन्मिएका थिए जुन अहिलेसम्मकै सबैभन्दा कम रहेको थियो। युवा जापानीहरुमा विवाह र सन्तान जन्माउने चाहना कम देखिन्छ।
यसो हुनुमा रोजगारीको कम अवसर, महंगी र महिला र कामकाजी आमाहरुलाई मुख्यधारबाट अलग्याउने खालको कठोर कर्पोरेट संस्कृति मुख्य कारण देखिएको छ।
जापान सरकारले यस्तो अवस्थालाई अत्यन्त गंभीर भनेको छ। ‘अबको ६ बर्षलाई अन्तिम अवसर ठानेका छौँ, जन्मदर वृद्धिका लागि सरकारको आर्थिक सहायता र कामकाजी जीवनमा सन्तुलन ल्याउने जस्ता कदम उठाइरहेको छ’ चिफ कैबिनेट सेक्रेटरी योशिमासा हयासीले भने। उनका अनुसार २०२३ मा जापानमा विदेशीको संख्या ३० लाख भन्दा बढी थियो जुन कुल जनसंख्याको लगभग ३ प्रतिशत हो र यसले गिरावटको गतिलाई केही कम गरिरहेको देखिन्छ।
युरोपमा पनि संकट
जापानमा जस्तै इटाली पनि घट्दो जनसंख्याको समस्या झेलिरहेको छ। २०२३ मा पहिलोपटक इटलीमा ४ लाख भन्दा कम शिशु जन्मिए। योआंकड़ा १९ औं शताब्दीमा देशको एकीकरणपछिकै सबैभन्दा कम हो।
इटली सरकार र भ्याटिकनले २०३३ सम्म हरेक वर्ष कम्तीमा ५ लाख शिशु जन्मको लक्ष्य राखेको छ। पोप फ्रान्सिसले पटक-पटक इटालीका मानिसहरूलाई धेरै सन्तान जन्माउन अपील गरेका छन्। यसो नगरिए देशले गम्भीर आर्थिक र सामाजिक समस्याहरूको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
कम तलब, बालबालिकाको हेरचाहमा सुविधा नहुनु, महिलाहरुलाई जेष्ठ नागरिकको हेरचाहको जिम्मेवारी थोपरिनु इटलीमा जन्मदर घट्नुको कारण मानिएको छ। यदि जनसंख्या नबढे इटलीको अर्थतन्त्र पेन्सन र कार्यान्वयन अभावका कारणले कठिन हुनेछ।
दक्षिण कोरिया
दक्षिण कोरियामा २०२१ मा जनसंख्या घट्न थालेको थियो। सन् २०२३ मा विदेशी नागरिकहरुको संख्या १० प्रतिशतले बृद्धि हुँदा कुल जनसंख्या ५.१८ करोड पुग्यो। यद्यपि, जेष्ठ नागरिकहरू (६५ वर्ष र त्यसभन्दा माथिका) को संख्या बढेर ९५ लाख पुगेको छ।
चीन, जापान, इटली र दक्षिण कोरियाको जनसंख्या सम्बन्धि समस्याले विश्वव्यापी समस्याको प्रतिनीधित्व गर्दछ। संयुक्त राष्ट्रसंघका अनुसार, ६३ देशको जनसंख्या यसअघि नै चरम अवस्थामा पुगेको छ। अबको ३० बर्षमा थप ४८ देशहरूमा यस्तै अवस्था आउनेछ। यद्यपि, विश्वव्यापी जनसंख्या अहिले पनि बढ्दो अवस्थामा छ।
सन् २०२४ मा संसारको जनसंख्या ८.२ अरब सम्म पुगेको छ। विश्वको जनसंख्या १०.३ अर्ब पुगेपछि त्यसपछिको ६० वर्षमा घट्न थाल्ने अनुमान गरिएको छ
कम जनसंख्याको फाइदा
घट्दो जनसंख्यालाई लिएर धेरै देशहरु चिन्तित छन् तर, केही विशेषज्ञहरु कम जनसंख्या संसारका लागि दीर्घकालमा अधिक लाभकारी हुने तर्क गर्छन्। ‘यदि विशेष रूपमा महिलाको शिक्षामा जोड दिइयो भने कम जनसंख्याले संसारलाई निकै राम्रो भविष्यतर्फ डोर्याउन सक्छ’ इंटरनेशनल इन्स्टिच्युट फॉर एप्लाइड सिस्टम्स एनालाइसिसकी विशेषज्ञ वुल्फगङ्ग लुट्स भन्छिन्।
लुट्स शिक्षाले परिवारको आकार घटाउने, स्वास्थ्यमा सुधार गर्ने, गरिबी घटाउने र जलवायु परिवर्तनको असरसँग सामना गर्ने समाजको क्षमतालाई मजबुत बनाउने तर्क गर्छिन्। ‘यदि २२ औं शताब्दीसम्म जनसंख्या २–४ अर्बमा घटाइयो, मानिसहरू शिक्षित र स्वस्थ भए भने, तिनीहरू जलवायु परिवर्तनको प्रभावसँग सामना गर्न सक्षम हुनेछन्’ उनि भन्छिन्।
जनसंख्या घट्दा वातावरणमा सकारात्मक प्रभाव पर्न सक्ने लुट्सको तर्क छ। ‘धेरै मानिसहरूले सीमित स्रोतको उपभोगसँगै तीनलाई प्रदूषित गरिरहेका छन्’ उनले थपिन्।
भविष्यका प्रश्नहरू
यदि जनसंख्या नियन्त्रणका योजनाहरू अपनाइयो भने, स्थिरताको बाटोमा आउनसक्ने प्रमुख अवरोधहरू हटाउन सकिने विशेषज्ञ दाबी गर्छन्। राष्ट्रिय र पारिवारिक तहमै जनसंख्याको योजना अपनाउनु यतिबेलाको आवश्यकता देखिएको छ।
जनसंख्या घट्दा जलवायु परिवर्तनलाई सम्हाल्न मद्दत पुग्न सक्छ। अष्ट्रेलियाको ब्रिस्बेन विश्वविद्यालयका प्राध्यापक इयान लोवले एक प्रतिवेदनमा ‘यदि संयुक्त राष्ट्रसंघको पूर्वानुमान अनुसार जनसंख्या बढ्दै गयो भने, विश्वव्यापी तापक्रम २ डिग्री सेल्सियसभन्दा कम राख्न असम्भव हुनेछ। कम जनसंख्या भएका समाजहरूले जलवायु परिवर्तनको प्रभावलाई राम्रो तरिकाले सहन सक्नेछन्’ भनेका छन्।
कम जनसंख्याको अल्पकालीन आर्थिक प्रभावको व्यवस्थापन र दीर्घकालीन लाभका लागि योजना बनाउनु विश्वसामु देखिएको दोहोरो चुनौती हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया