Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

वृद्धाको हत्याका अभियुक्त साढे दुई वर्षपछि पक्राउ

पाल्पा : पाल्पामा एक वृद्ध महिलाको हत्याका अभियुक्त पक्राउ परेकी छन्। घटना घटेको साढे दुई वर्षपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो।

रिब्दीकोट गाउँपालिका-५ कुसुमखोलाकी ७८ वर्षीया भूम कुमारी आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए। उनलाई गएको शुक्रबार पक्राउ गरिएको हो।

२०७९ असार ३१ गतेको घटना हो। रिब्दीकोट गाउँपालिका-५ माराबासस्थित हर्रेखरक सामुदायिक वनमा आले मृत फेला परेकी थिइन्। घटनाको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको थियो। तर लामो समय बित्दासमेत हत्यारा पत्ता लागेको थिएन।

हत्याका अभियुक्त लम्तरीलाई गएको शुक्रबार उनकै घरबाट पक्राउ गरिएको हो। आफन्तले दिएको किटानी जाहेरीमा निरन्तरको अनुसन्धान गरेपछि अभियुक्तलाई पक्राउ गर्न सफल भएको एसपी चन्दले बताए। उनका अनुसार छिमेकीले समेत अनुसन्धानमा सहयोग गरेका थिए।

सामुदायिक वनबाट ल्याएको दाउराको विषयमा दुई जनाबीच झगडा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए। ‘सामान्य पैसा लेनदेन र दाउरा किनबेचमा कुरा नमिल्दा हत्या गरेको देखिन्छ उनले भने, ‘थप अनुसन्धान चलिरहेको छ।’

जिल्ला अदालत पाल्पाबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP