काठमाडौं : सत्तारूढ नेकपा एमालेले सांसद प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरू कसैलाई पनि अध्यादेशको विरोध गर्ने अधिकार नरहेको बताएको छ। संसद्मा पार्टीका तर्फबाट धारणा राख्दै सचिव योगेश भट्टराईले यस्तो बताएका हुन्।
भट्टराईले‘अध्यादेशबाट जन्मिएको पार्टीले समेत अध्यादेशकै विरोध गर्दा आफू अचम्ममा परेको टिप्पणी गरे। उनले एमालेबाटै विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टीप्रति इंगित गर्दै यस्तो बताएका हुन्।
सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै भट्टराईले भने, ‘माननीय प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक कसैलाई पनि अध्यादेशको विरोध गर्ने अधिकार छैन। अरूले अध्यादेशको विरोध गर्नु, विमति राख्नु नौटकी हो।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया