काठमाडौँ : यति वेला चर्चामा रहेको विषय मुक्कुमलुङ घटना संसद्मा प्रवेश गरेको छ। जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका अशोक राईले शुक्रबारको संसद् बैठकमा यो विषय उठाएका हुन्।
ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ)मा केबलकार निर्माणको विषय विवादमा छ। त्यहाँका स्थानीयले ऐतिहासिकता र मौलिकता मासिने भन्दै केबलकार निर्माणविरुद्ध आन्दोलन गर्दै आएका छन्।
आन्दोलनकै क्रममा प्रहरीले गोली चलाउँदा केही आन्दोलनकारी गम्भीर घाइते भएका छन् भने केही गिफ्तारीमा परेका छन्। संसद्मा अध्यक्ष राईले विवादलाई शान्तिपूर्ण वार्ताबाट निष्कर्षमा पुर्याउनुपर्नेमा प्रशासनले गोली चलाएको भन्दै आपत्ति जनाए।
उनले अब यी सबै विषय वार्ताको माध्यमबाट टुंगो लगाउनुपर्ने बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया