Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

गगन थापाको प्रश्न : मन्त्री हुने कांग्रेस, काम गर्दिने को ?

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका मन्त्री र जनप्रतिनिधिहरूलाई राम्रो अंकल ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।

आफैं सत्तामा भएर यो भएन, त्यो भएन भन्नु भन्दा काम गरेर राम्रो अंक ल्याउने उनले निर्देशन दिएका हुन् । शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले मौका आएको बेलामा काम गर्न निर्देशन दिएका हुन् । ‘पद हामीले लिने अनि बाहिरको मान्छेले गाली गर्छ ठीक छ त,’ उनले प्रश्न गरे, ‘हामीले नै यो पनि भएन त्यो पनि भएन भन्ने ? गर्ने चाहिं कल्ले हो त ?’

उनले कांग्रेसबाट संघमा प्रतिनिधित्व गर्ने मन्त्री तथा प्रदेशका मुख्यमन्त्रीको नामै किटान गरेर यो मौका भएकोले काम गरेर देखाउनु पर्ने बताएका हुन् । उनले मन्त्री र जनप्रतिनिधिहरुलाई ०८४ मा गरौंला भनेर नपर्खिन आग्रह गरे । ‘कांग्रेसले ०८४ मा गर्छु भन्ने होइन । अहिले मौका आएको छ अहिले गर्नुपर्छ’, उनले अघि भने, ‘०८४ मा त रिपोर्ड कार्ड लिएर जाने हो । यति गर्छौं भनेका थियौं, यति गर्‍यौ भन्ने हो । अनि पो नागरिकलाई भन्न सकिन्छ ।’

उनले अहिले संघीय सरकारमा बसेर कांग्रेसले बनाउने रिपोर्ट कार्डमा राम्रो अंक ल्याउने गरी काम गरिरहेको दाबी पनि गरे । अहिले काम गरेर ०८४ को चुनावमा जाने तयारी कांग्रेसको रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP