Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

‘नो केबलकार’ पक्षको बन्दले कोशीको जनजीवन प्रभावित

विराटनगर : ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा केबलकार निर्माण खारेजीको माग गर्दै अरुणपूर्व ९ जिल्ला बन्दको कारण जनजीवन प्रभावित बनेको छ।

केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षणसमिति साथै विभिन्न संघ, संस्था र राजनीतिक दलहरूको आह्वानमा भएको बन्दका कारण जनजीवन प्रभावित बनेको हो।

उनीहरूले काफ्लेपाटीमा राखिएको सशस्त्र प्रहरी र प्रहरी फिर्ता गर्नुपर्ने, गोली लागेका घाइतेको आजीवन निर्वाहको व्यवस्थापन गरिनुपर्ने मागसहित माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको हो। २१ गतेसम्म यी माग पूरा नभए २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहडताल घोषणा गरेका छन्।

माघ १० गते ताप्लेजुङमा केबलकार निर्माणको विरोधमा उत्रिएकामध्ये ४ जनालाई प्रहरीको गोली लागेर घाइते भएका थिए। प्रहरीले गोली चलाएपछि आन्दोलनले थप नयाँ रूप लिएको हो।

बन्दको प्रभाव तराई क्षेत्रभन्दा पनि पहाडी क्षेत्रमा परेको प्रदेश प्रहरी कार्यालय विराटनगरका डीएसी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। पहाड भए पनि संखुवासभामा भने १० प्रतिशत मात्रै बन्दको प्रभाव परेको उनको भनाइ छ।

तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा ९५ प्रतिशतले बन्दको प्रभाव परेको छ। सुनसरीमा २५ प्रतिशत बन्दको प्रभाव पर्दा मोरङ १० प्रतिशतले मात्रै बन्दको प्रभाव परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार धरानबाट ५ जना र दमकबाट ३ जना बन्दकर्तालाई पक्राउ गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP