काठमाडौँ : राष्ट्रियसभामा नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन)लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छन्।
आइतवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले एनआरएन पनि नेपाली भएको दावी गर्दै वंशजको नागरिकता दिनुपर्ने माग गरिन्। उनले एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने बताइन्।
उनले सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताइन्। उनले आर्थिक स्थिति वृद्धि गर्नका लागि धेरै कानून निर्माण गर्न जरुरी रहेको बताइन्।
सापकोटाले भनिन्‚ ‘एनआरएनका साथीहरूलाई पनि वंशजको नागरिकता दिनुपर्छ। उनीहरू नेपाली हुन्। विदेशमा काम गर्न गएका हुन्। उनीहरूलाई वंशज नागरिकता दिनुपर्छ र नेपालमा आउँदाखेरी आफ्नो देशमा भिसा लाग्ने सिस्टम हटाउन आग्रह गर्छु। आर्थिक स्थिति वृद्धि गर्न हामीले धेरै कानून निर्माण गर्नुछ।’
उनले दुई दलले मात्रै संविधान संशोधन हुन नसके पनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने बताइन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया