Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

अध्यादेश नानीबाबुले घरपुतली खेले जस्तो होइन : वामदेव गौतम

काठमाडौँ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यादेश नानीबाबुले घरपुतली खेले जस्तो विषय नभएको बताएका छन्। उनले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनुपर्ने बताएका छन्।

आइतवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अध्यादेश मुख्यतः सत्ताधारीलाई सकारात्मक सहयोग पुग्ने गरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए। उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्त पूरा गर्नुपर्ने बताए।

उनले अध्यादेश जारी गर्न कुनै बार, बन्देज नरहे पनि यो नानीबाबुहरूले घरपुतली खेले जस्तो विषय नभएको बताए। उनले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताए। उनले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए। उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए।

गौतमले भने, ‘म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि छैन। प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्त पूरा गर्नुपर्छ। यो नानीबाबुहरूले घरपुतली खेले जस्तो विषय पनि होइन। अहिले मुख्यतः हाम्रो राष्ट्रलाई चाहिएको विषय हो लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद। समाजवादको संरचना निर्माण गर्न सकिन्छ। म आफूलाई दाउमा राख्न चाहन्छु। मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुन सक्दैन भने। वर्ष तोकियोस्। यति वर्षभित्र समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु।’

उनले खिचडी राजनीतिलाई बहिष्कार गर्न सुझाव दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP