Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

केयुको उपकुलपति नियुक्तिको लागि दरखास्त दिने म्याद थप

काठमाडौं : काठमाडौं विश्वविद्यालय(केयु)को रिक्त उपकुलपति नियुक्तिको लागि दरखास्त म्याद थप भएको छ। काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आव्हानको लागि म्याद थप गरिएको जनाएको हो।

समितिका अनुसार रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिबाट २०८१/९/१७ मा स्वीकृत ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरिएकोमा यस खोज तथा सिफारिस समितिबाट २०८१/१०/१७ मा उक्त कार्यविधिमा पहिलो संशोधन गरिएको छ।

‘काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ उल्लिखित प्रावधान बमोजिम इच्छुक तथा योग्य व्यक्तिले ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, बालकुमारी स्थित काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेनेजमेन्टमा आवश्यक कागजात सहित दरखास्त बुझाउन मूल कार्यविधिको अनुसूची(१ बमोजिमको ढाँचामा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालयमा पेश गर्न सकिने गरी म्याद थप गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’सूचनामा उल्लेख छ।

समितिका अनुसार बिहान ११ बजे देखि दिनको ४ बजेसम्ममा दरखास्त पेश गर्न सकिनेछ। दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ। पहिलोपटक प्रकाशित सूचना बमोजिम प्राप्त हुन आएका दरखास्तहरू कायमै भएको समितिले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP