Trending
flash गौरव खन्नाले जिते ‘बिग बोस १९’को ‘टाइटल’ अन्तर्राष्ट्रिय गोवा नाइट क्लब आगलागी – चार नेपालीसहित २५ जनाको मृत्यु समाज घाँटी रेटेर चार महिने छोराको हत्या समाज बालबालिकाको पालनपोषण, संरक्षण, स्वास्थ्य र शिक्षा लगायतका आधारभूत आवश्यकताको व्यवस्था समाज सुनीता कार्कीले खानामा विष मिसाउँदा काकीसासू ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु समाज नेपालमा पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन समाज १२ वर्षीया बालिकामाथि बलात्कार पोल खुल्ने डरले हत्या स्वास्थ्य डा.सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन राजनीति मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ समाज गत वर्षकोभन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्नसक्ने प्रक्षेपण

केयुको उपकुलपति नियुक्तिको लागि दरखास्त दिने म्याद थप

काठमाडौं : काठमाडौं विश्वविद्यालय(केयु)को रिक्त उपकुलपति नियुक्तिको लागि दरखास्त म्याद थप भएको छ। काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आव्हानको लागि म्याद थप गरिएको जनाएको हो।

समितिका अनुसार रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिबाट २०८१/९/१७ मा स्वीकृत ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरिएकोमा यस खोज तथा सिफारिस समितिबाट २०८१/१०/१७ मा उक्त कार्यविधिमा पहिलो संशोधन गरिएको छ।

‘काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ उल्लिखित प्रावधान बमोजिम इच्छुक तथा योग्य व्यक्तिले ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, बालकुमारी स्थित काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेनेजमेन्टमा आवश्यक कागजात सहित दरखास्त बुझाउन मूल कार्यविधिको अनुसूची(१ बमोजिमको ढाँचामा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालयमा पेश गर्न सकिने गरी म्याद थप गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’सूचनामा उल्लेख छ।

समितिका अनुसार बिहान ११ बजे देखि दिनको ४ बजेसम्ममा दरखास्त पेश गर्न सकिनेछ। दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ। पहिलोपटक प्रकाशित सूचना बमोजिम प्राप्त हुन आएका दरखास्तहरू कायमै भएको समितिले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP