
रौतहट : रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद तथा आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहविरुद्ध अदालत अवहेलनाको मुद्दामा जिल्ला अदालत गौरले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले आइतबार यो आदेश दिएको हो। सांसद साहले सामाजिक सञ्जाल फेसबुकमा रौतहटका न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर टिप्पणी गरेपछि विवाद उत्पन्न भएको थियो। यसलाई अदालतप्रति अपमानजनक ठहर गर्दै बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवले गत शुक्रबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेका थिए, जसको दर्ता नम्बर सि ३ रहेको छ।
नगरप्रमुख यादवले आजपा महासचिव त्रिभुवन साहविरुद्ध पनि अदालत परिसरमै आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। यसअघि, गंगाराम बैठामाथि कुटपिट, अभद्र व्यवहार तथा गालीगलौजको आरोपमा अदालतले थुनामा राख्न आदेश दिएको थियो।
सोही विषयमा त्रिभुवन साहको संलग्नता रहेको भन्दै यादवले मुद्दा दर्ता गराएका हुन्। बौधीमाई नगरपालिकाका कानुनी सल्लाहकार तथा नेपाल बार एसोसिएसन, रौतहटका पूर्व अध्यक्ष राजाराम यादवका अनुसार, अदालत अवहेलनामा दोषी ठहरिए आर्थिक जरिवाना, जेल सजाय वा क्षमादान हुन सक्ने कानुनी व्यवस्था छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया