Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

‘यो सरकार भूमाफियाहरूको हातमा गएको त होइन?

काठमाडौँ : राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले भूमाफियाहरुको हातमा सरकार गएको आरोप लगाएका छन्।

आइतवारको राष्ट्रियसभा बैठकमा उनले सुशासन, सामाजिक न्यायको बाटोबाट सरकार विचलित भएको भन्दै अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन्।

उनले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटि रहेकाले सरकारले फिर्ता लिनुपर्ने माग गरे।

उनले सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने माग गरे। उनले अध्यादेशहरु सकारात्मक रहेको भए पनि सकारात्मकताभित्र खतरनाक कुराहरु समावेश रहेको आरोप लगाए।

उनले सुकुम्वासीहरुलाई जग्गा दिनेकुरा सकारात्मक रहेको भए पनि हदबन्दी फुकुवा गर्नु डरलाग्दो रहेको बताए।

‘यी अध्यादेशहरुभित्र कतिपय सकारात्मक कानून हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसाबले यो गलत छ। सरकारले यो फिर्ता लिनुपर्छ। अध्यादेशभित्रका कानूनहरु सकारात्मक छन्‚’ उनले भने, ‘ती सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन्। भूमिसम्बन्धी सुकुम्वासीहरुलाई जग्गा दिनेकुरा ल्याइएको छ तर हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसाबले सुकुम्वासीलाई जग्गा दिनेकुरा उठाइएको छ, साथै हदबन्दी फुकुवा गर्नेकुरा जे उठाइएको छ, त्यसले भूमाफियाहरुको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP