Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

हनुमान ढोकामा वसन्त श्रवण गरी फर्के राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण गरेका छन्। त्यस अवसरमा राष्ट्रपति पौडेलले पूजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन्।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ।

राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए।

सोही अवसरमा सरकारका उच्च अधिकृतकासाथै सुरक्षाअङ्गको प्रमुखहरु सहभागी भए। वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्ने गरिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP