Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

देश समृद्ध बन्नुपर्छ‚ बन्ने आधार धेरै छन् : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल समृद्ध देश बन्ने आधारहरु धेरै रहेको उल्लेख गरे। उनले नेपाल गौरवपूर्ण खोज‚ अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरुको देश भएको उल्लेख गर्दै स्वाधीन र स्वाभिमानी देश भएको बताए।

उनले नेपालको भूगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताए। नेपालले तेल र फलाम खानीहरुको उत्खनन गरिरहेको भन्दै कलंकको रुपमा रहेको गरिबी छिटो हटाउन आवश्यक रहेको उनले बताए।

‘नेपाल एउटा समृद्ध देश हुनुपर्दछ। तीनवटा कारण छन्। एउटा यो गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरुको देश हो। सधैँ स्वाधीन र स्वाभिमानी देश हो। यसकारण यो समृद्ध‚ भूगोल समृद्ध हुनसक्दछ‚’ प्रधानमन्त्री ओलीले भने, ‘हिमाल, पहाड, तालतलैयाहरु सबै छन्। यो मरुभूमि देश होइन, यो उर्वर देश हो। हामी तेलको उत्खनन गर्दै छौँ। हामी फलामको उत्खनन गर्दैछौँ। त्यसकारण यो देश समृद्ध हुनसक्छ।’

प्रधानमन्त्री ओलीले देश बनाउने आफ्नो सपना भनेको समृद्ध नेपाल, सुखी नेपाली रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP