Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

वनमन्त्रीलाई युवाको प्रश्नः अमेरिकाको जस्तो विपद् आयो भने नेपाल तयारी अवस्थामा छ?

काठमाडौं : न्युज एजेन्सी नेपालले गरेको ‘मन्त्रीसँग युवा’ कार्यक्रममा जलवायु कार्यमा युवाको भुमिकालाई अझै प्रभावकारी र सशक्त बनाउन सरकारले छुट्टै संयन्त्रको व्यवस्था गर्नुपर्ने माग गरेका हुन्।

उनीहरूले जलवायु अनुकुलन, न्यूनिकरण, जलवायु न्याय लगायत विभिन्न अभियानमा लागेका युवाहरूको सुझाव, नविनतम ज्ञान, सीप तथा अन्वेषणलाई ग्रहण गरेर वन तथा वातावरण मन्त्रालयले आफ्ना नीति तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन्।

जलवायु कार्य र जलवायु न्यायका लागि युवाहरूले ठूलो योगदान दिइरहेको भएपनि त्यसलाई मन्त्रालयले सही ढंगले ग्रहण गर्न नसकेको आरोप उनीहरूले लगाए।

जलवायु अभियन्ता रोजिना श्रेष्ठले सरकारी निकायका पदाधिकारीसँग जलवायु न्यायबारे पर्याप्त जानकारी नभएका कारण समन्वय गर्न कठिन भएको गुनासो गरिन्। उनले जलवायु परिवर्तनका विषयमा युवाहरूसँग संयोजन गर्न मन्त्रालयभित्र छुट्टै संयन्त्र बनाउन अनुरोध गरिन्।

युवा जलवायु अभियन्ता प्रकाश तामाङले प्लाष्टिक रहित काठमाडौं बनाउन सकिँदैन भनि प्रश्न गरे। उनले सबैको घरबाट निस्कने फोहरको प्रकृतिअनुसार व्यवस्थापन गर्न सरकारसँग माग गरे।

युवा अभियन्ता सुस्मिता सिग्देलले जलवायुविज्ञान नबुझ्ने सामान्य नागरिकले तापक्रम बढ्दै जाँदा जलवायु परिवर्तनको असरले खडेरी परेको नबुझ्ने उल्लेख गर्दै खडेरी पर्दा वैकल्पिक सिंचाईको बारेमा मन्त्रालयको तयारीबारे जानकारी माग गरिन्।

युवा अभियन्ता अविशा मगरले जलवायुजन्य विपद्का घटना कुनैपनि समयमा सामना गर्नुपर्ने भएकाले पूर्व तयारीमा जोड दिन ध्यानाकर्षण गराइन्। उनले अमेरिकाकामा भएको आगलागिको दृष्टान्त दिँदै, नेपालमा यदि त्यस्तै भयो भने के हामी त्यसको सामना गर्ने अवस्थामा छौँ ? भनी प्रश्न गरिन्।

युवाअभियन्ता रुविना तामाङले एलजिविटिआईक्यु समुदायमा जलवायु परिवर्तनको सामान्य ज्ञान पनि पुग्न नसकेकोतर्फ मन्त्रालयको ध्यानाकर्षण गराइन्।

सरकारका नीतिहरूमा सहभागीता सुनिश्चित गरिए पनि कार्यान्वयन हुन नसकेको भन्दै जलवायु कार्यमा एलजिविटिआईक्यु समुदायलाई कसरी सहभागी गराउनुहुन्छ ? भनी वन मन्त्रीलाई प्रश्न गरिन्।

जलवायु परिर्वतन र मानव सम्बन्धको अध्ययन अनुसन्धान गर्दै आएकी अर्की अभियन्ता शारदा थापाले जलवायु परिवर्तनको प्रभाव खेप्न बाध्य दुर्गम जिल्लाका बासिन्दालाई जलवायु अनुकूलन र न्यूनिकरणबारे जानकारी नै पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले अध्ययन अनुसन्धानमा आधारित भएर नीति बनाउन पनि अनुरोध गरिन्। त्यसैगरी जलवायु अभियन्ता अपेक्षा ढकालले दुर्गममा रहेका युवाहरूको जलवायु अनुकूलन र न्यूनिकरणमा संलग्नता बढाउन उनीहरूको क्षमता वृद्धि गराउने कस्ता योजना मन्त्रालयसँग छन् भनी प्रश्न गरिन् ।

त्यसैगरी जलवायु अभियन्ता आकृति डोटेलले दक्ष जनशक्ति राम्रो अवसरका लागि विदेशीन बाध्य हुने गरेका भन्दै उनीहरूलाई स्वदेशमै राख्न ग्रिन जबको योजना के छ मन्त्रालयसँग ? भनी प्रश्न गरिन्।

त्यसैगरी जलवायु अभियन्ता दिक्षा बरालले सरकारले जेठमा गर्न लागेको सगरमाथा संवादमा युथ र हिमाली क्षेत्रका जोखिममा रहेको समुदायको प्रतिनिधित्व कसरी गराइन्छ भनी प्रश्न गरिन् ।

युवा जलवायु अभियन्ता प्रकाश लामाले जलवायु कार्यमा युवाहरूको प्रभावकारी संलग्नताका लागि छुट्टै संयन्त्र बनाउनसक्ने हो भने प्रभावकारी नतिजा हासिल गर्न सहज हुने भन्दै त्यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराइन्।

जलवायु अभियन्ता कृति थापाले विभिन्न विनासकारी विपद् सामना गरिरहँदा त्यस्ता विपद् व्यवस्थापनका नाममा युवा र बालबालिकाको बजेट कटौति हुने हो कि भन्ने संशय पैदा भएकोतर्फ मन्त्रीको ध्यानाकर्षण गराइन्।

मन्त्रीसँग युवा कार्यक्रममा झन्डै २० जना युवा जलवायु अभियन्ताले जलवायुकार्य, वातावरण संरक्षण, युवा सहभागीताको सुनिश्चिता लगायत विषयमा मन्त्रीलाई सिधा प्रश्न गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP