Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

गण्डकी प्रदेश स्थापना दिवस : वृद्धाश्रमलाई सहयोग

गण्डकी : गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज पोखरा महानगरपालिका–१७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ।

प्रदेश सरकारका तर्फबाट सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले एक समारोहबीच वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश स्थापना दिवसका अवसरमा सहयोग गरेको बताए।

पोखरा वृद्धाश्रमले असहाय ज्येष्ठ नागरिकलाई पुर्‍याइरहेको सहयोगको प्रशंसा गर्दै मन्त्री थापाले प्रदेशका तर्फबाट निरन्तर साथ र सहयोग रहने विश्वास दिलाए।

प्रदेशसभा सदस्य महेश भट्टराईले ज्येष्ठ नागरिकलाई सहयोग गर्नु राज्यको दायित्व भएको बताए। वृद्धाश्रमका अध्यक्ष पराजुलीले वृद्धाश्रमले २०५३ सालदेखि असहाय ज्येष्ठ नागरिकलाई सहारा प्रदान गरिरहेको बताए।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव रघुराम विष्ट, मुख्यमन्त्रीको कार्यालयका सचिव केशवराज ढकाल, मन्त्रालयका सचिव लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP