अमेरिकाले मेक्सिको र क्यानडामा लगाएको कर तत्कालका लागि रोकेको छ। मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी नियन्त्रण गर्न सहमति जनाएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तत्कालका लागि पछि हटेका हुन्।
यससँगै मेक्सिकन र क्यानेडियन नेताहरूले लागूऔषध तस्करी र अवैध आप्रवासनविरुद्ध लड्न अमेरिकासँगको आफ्नो सिमानामा हजारौं प्रहरी पठाउने भएका छन्। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोमा प्रस्ताव गरेको २५ प्रतिशत कर मंगलबारदेखि लागू हुने तय भएको थियो।
यसैबीच, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट अमेरिका बाहिरिएपछि विश्वभर सञ्चालित स्वास्थ्य आपतकालीन कार्यक्रम जोखिममा परेका छन्। डब्ल्यूएचओको बैठकमा प्रस्तुत गरिएको एक दस्तावेजले अमेरिका पुनः डब्लूएचओमा सामेल नभए मध्य पूर्व, युक्रेन र सुडानमा सञ्चालित पोलियो र एचआईभी कार्यक्रम बन्द हुने सक्ने जनाइएको छ। स्वास्थ्य आपतकालीन कार्यक्रमका लागि डब्लूएचओ अमेरिकामा निर्भर देखिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया