कृष्णनगर, २२ माघ । शिवराज अस्पतालमा सोमबार एचपिभी (ह्युमन पापिलोमाभाइरस) खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अस्पतालका डाक्टर मनिष मण्डलले एचपिभी खोपबारे जानकारी गराउँदै यसको महत्त्व, प्रयोग तथा उमेर समूहबारे विस्तृत रूपमा जानकारी दिएका थिए। उनका अनुसार एचपिभी खोप सर्वाधिक रूपमा गर्भाशय क्यान्सर रोकथामका लागि प्रयोग गरिन्छ र विशेषगरी ९ देखि १४ वर्षसम्मका बालिकालाई प्राथमिक रूपमा लगाइन्छ। उनले खोपका फाइदा तथा सम्भावित बेफाइदाबारे पनि प्रस्ट्याएका थिए।
कार्यक्रम सञ्चालन हे.अ. पंकज गुप्ताले गरेका थिए। अभिमुखीकरण कार्यक्रममा मुस्लिम अगुवा, पूर्व शिक्षक, पत्रकारलगायतको उपस्थिति रहेको थियो।
यस कार्यक्रमसँगै एचपिभी खोप अभियान सोमबारदेखि औपचारिक रूपमा सुरू भएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया