Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

सहकारी ठगीमा रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता

काठमाडौँ : सहकारी ठगी प्रकरणमा तीनवटा जिल्लामा मुद्दा खेपिरहेका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनी लगायत १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो। सोमवार नै उनीविरुद्ध मुद्दा दर्ता गर्न खोजिएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनमा सहाराको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेविरुद्ध सहारा सहकारीको रकम ठगी गरेको अभियोगमा मुद्दा दर्ता गराएको जानकारी दिएको छ।

यो मुद्दा दर्तासँगै उनीविरुद्ध सहकारी प्रकरणमा ४ वटा जिल्लामा मुद्दा दर्ता भएको छ। यसअघि कास्की, काठमाडौँ र रूपन्देही जिल्लामा दर्ता भई उनीविरुद्ध मुद्दा चलिरहेको छ।

लामिछानेसँगै रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, असरफ अलि सिद्दिकी, भगवती बमजन, दीपक लामा, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला‚ शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो।

रविलाई सहकारी ठगी सम्बन्धमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अरूलाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

यसअघि लामिछानेलेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। त्यसैगरी काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँमा लामिछानेलाई छोडेको थियो भने रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP