काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयास गरिरहेको बताएका छन्।
मंगलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोपको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली नागरिक विरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताए। उनले निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभई स्वस्थ रहनका लागि खानुपर्ने बताए। उनले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले निरोगी नेपालको नारा लिएका छौँ। यसका दुईवटा पक्ष छन्। मानिस विरामी नै हुन नपरोस्, स्वस्थ रहोस्। त्यसका लागि हामीले व्यापक प्रयास गर्छौं। मान्छे रोगी नहोस्, विमारी नहोस्। यसका निम्ति मानिसको आहारविहारको मात्रै कुरा होइन। खाना भनेको पेट भर्ने मात्र होइन, स्वस्थ खाना हो। खाना भनेको स्वस्थ मात्रै होइन, पुग्दो, सन्तुलित र ठिक्क मात्रामा पनि हो। स्वस्थ खाना, सन्तुलित खाना, आवश्यक मात्रामा खाना हुनुपर्छ। पेट भर्नका लागि खाना खाने होइन, स्वस्थ रहनका लागि खाना खाने हो।’
स्वस्थ रहनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने बताए। विरामी हुनै नदिने कुरा महत्त्वपूर्ण रहेको बताए। सन् २०३० सम्म पाठेघरको क्यान्सरविरुद्धको अभियानलाई पूर्ण रूपमा सफल बनाउने प्रतिबद्धता जनाए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया