Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

प्रहरीद्वारा गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

रासस

झापा : कनकाई नगरपालिका- ४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

गएराति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए।

उनीहरूले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए। प्रहरीले रोकेर जाँच गर्ने क्रममा भाग्न खोज्दा उनीहरूमाथि गोली चलाउनु परेको उनले बताए।

यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ। उनीहरूको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए। घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP