Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

चुरोट नखाने व्यक्तिहरूमा बढिरहेको छ क्यान्सर : प्रतिवेदन

एजेन्सी

काठमाडौँ : संसारभर धुम्रपान नगर्ने व्यक्तिहरूमा पनि फोक्सोको क्यान्सर बढिरहेको एउटा अध्ययनले देखाएको छ। तीमध्ये सबैभन्दा धेरै संख्या महिलाको छ।

ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नलमा विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को अवसरमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा चुरोट सेवन नगर्नेहरुमा पनि सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिरहेको उल्लेख छ।

क्यान्सरका विरामी बढ्नुको कारण वायु प्रदूषणलाई जिम्मेवार ठानिएको छ। भारत, चीन, थाइल्याण्ड जस्ता दक्षिण–पूर्वी एशियाली देशका मानिस र तीमध्ये पनि खासगरी महिला अत्यधिक प्रभावित भइरहेका छन्। सन् २०२२ मा २५ लाख मानिसमा फोक्सोको क्यान्सर पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ।

महिलामा बढ्दो क्यान्सर

क्यान्सरबाट प्रभावितमध्ये अधिकांश पुरुष छन् र १० लाख महिलामा क्यान्सर पुष्टि भएको छ, जुन संख्या निरन्तर बढिरहेको छ। एडेनोकार्सिनोमा भनिने एउटा विशेष प्रकारको फोक्सोको क्यान्सर हुनु १८५ देशका महिलाहरूमा अहिले सामान्य भइसकेको छ। एडेनोकार्सिनोमा ग्रन्थीहरुमा लाग्छ‚ जसले तरल पदार्थ उत्पादन गर्छ।

यस प्रकारको क्यान्सर पुरुष र महिला दुवैमा अब सामान्य भइसकेको छ। सन् २०२२ मा धुम्रपान गर्नेहरूमा देखिएको फोक्सोको क्यान्सरमध्ये ५३ देखि ७० प्रतिशतमा यस प्रकारको क्यान्सर देखिएको अध्ययनबाट पत्ता लागेको छ।

क्यान्सरको कारक वायु प्रदूषण

बढ्दो वायु प्रदूषणका कारण फोक्सोको क्यान्सरका विरामी बढेका ठानिएको छ। सन् २०२० देखि २०२२ सम्म पुरुष र महिलामा फोक्सोको क्यान्सरका १० मध्ये ६ जनामा एडेनोकार्सिनो देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

‘धुम्रपानको बानी र वायु प्रदूषण ती मुख्य कारणमध्ये एउटा हो, जसले आज फोक्सोको क्यान्सरका धेरै प्रकार ल्याइरहेको देखिरहेका छौं‚’ क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने अन्तरराष्ट्रिय एजेन्सी (आईएआरसी) मा क्यान्सर निगरानी शाखाका प्रमुख फ्रेडी ब्रेले भने‚ ‘क्यान्सरबाट हुने मृत्युको कारणमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ।’

मानिसहरूमा धुम्रपानको प्रचलन घट्दै गएका संसारका ती देशहरू जहाँ कहिल्यै चुरोट सेवन नगर्नेहरुमा फोक्सोको क्यान्सरको अनुपात बढ्दै गएको छ।

कहिल्यै धुम्रपान नगर्ने मानिसहरूमा फोक्सोको क्यान्सर विश्वव्यापी रूपमा क्यान्सरसँग सम्बन्धित मृत्युको पाँचौँ प्रमुख कारण बनेको छ र यसले एशियाली जनसंख्या विशेषगरी महिलाहरूलाई सबैभन्दा बढी असर गरेको अध्ययनले देखाएको छ।

अध्ययनका अनुसार पूर्वी एशियामा, त्यसमा पनि विशेष गरी चीनमा एडेनोकार्सिनोमा उच्च स्तरमा देखिएको छ। चीनमा चुरोट नपिउने महिलाहरू खाना पकाउने इन्धनको सम्पर्कमा आउँदा फोक्सोको क्यान्सरको शिकार भइरहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP