कपिलवस्तु, माघ २३ गते ।
मायादेवी गाउँपालिका कपिलवस्तुका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम कृष्ण तेलीले आफ्नो नजिकका कर्मचारीहरूलाई राम्रो पदमा राख्दै अन्य योग्य कर्मचारीहरूलाई वेवास्ता गरेको आरोप लाग्दै आएको छ । तेलीले प्रशासन शाखा र स्टोर शाखाको प्रमुखको रूपमा सहायक चौथो श्रेणीका खरिदार रामेश गुप्ता (तेली)लाई जिम्मेवारी दिएका छन् ।
जबकि, पालिकाको दरबन्दी अनुसार प्रशासन शाखाको प्रमुखमा प्रशासन सहायक पाँचौँ तहको कर्मचारी राख्नुपर्ने व्यवस्था छ । पालिकामा पाँचौँ तहका कर्मचारीहरू हुँदाहुँदै पनि, निमित्त प्रमुख तेलीले आफ्नै जातपातका नजिकका कर्मचारीलाई महत्त्वपूर्ण शाखामा राख्नु स्वार्थपूर्तिको संकेत गरेको एक कर्मचारीले बताए् । पाँचौँ तहका कर्मचारीहरू वडा सचिवको रूपमा कार्यरत हुँदा चौथो तहका कर्मचारीलाई दुई–दुई वटा महत्त्वपूर्ण शाखाको प्रमुख बनाउनु, योग्यता र वरिष्ठतालाई बेवास्ता गरिएको ति कर्मचारीले बताए ।
यस्तै, स्वास्थ्य शाखामा पनि जातपातको आरोप लाग्न थालेको छ । निामित्त प्रमुख प्रशासकीय अधिकृत तेलीले सरिता गुप्ता (तेली)लाई हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँपालिकाको स्वास्थ्य शाखामा सरुवा गरेका छन् । गाउँपालिकाको ठूलो स्वास्थ्य संस्थामा बिरामीको चाप हुने हुँदा, त्यहाँको कर्मचारीलाई पालिकामा ल्याउँदा स्वास्थ्य सेवामा प्रतिकूल असर परेको स्थानीयले बताएका छन् ।
जातपातको आधारमा गरिएको यो निर्णयले गाउँपालिकामा निष्पक्षता र सुशासनको अभाव देखिएको स्थानीय बासिन्दाहरूको गुनासो छ । ’जातपातको आधारमा राम्रो ठाउँमा गरिएको हो कि भन्ने शंका छ,’ एक स्थानीयले भने, ‘यसले सम्पूर्ण गाउँपालिकाको कार्यसम्पादनमा नकारात्मक असर पार्ने सम्भावना देखिएको छ ।’
यस विषयमा मयादेवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम कृष्ण तेलीको धारणा लिन खोज्दा, उनी संग सम्पर्क हुन् सकेन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया