कृष्णनगरबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ


कृष्णनगर, २२ माघ ।

कपिलवस्तुकाे कृष्णनगरबाट लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विजयनगर गाउँपालिका-४ बरगदवाका २८ वर्षीय मतिउल्ला मुसलमान र गाउँपालिका- ३ कडिहारका २५ वर्षीय मैराज अहमद रहेका छन् ।

प्रहरीले मतिउल्ला मुसलमानकाे साथबाट ८ सय २० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६१ प ८५५४ नम्बरको माेटरसाइकललाई भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा ब्राउन सुगर र उनीहरु सवार माेटरसाइकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।

पक्राउ परेका मतिउल्ला मुसलमान र मैराज अहमदलाई जिल्ला अदालतबाट १० दिनकाे म्याद थप भई अनुसन्धान कार्य भइरहेको उनले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP