Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

बुढासुब्बा गोल्डकप : फाइनल प्रवेशका लागि एनआरटी र युकेएफसी भिड्दै

काठमाडौं : धरानमा जारी २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल आज हुँदै छ।

धरान रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुने छ। फाइनल प्रवेशका लागि साविक विजेता न्यूरोड टिम एनआरटी र भारतको युकेएफसी आमने सामने हुने छन्।

एनआरटीले क्वाटरफाइनलमा झापाको केएफटीसीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।

यसैगरी युकेएफसीले घरेलु टोली धरान फुटबल क्लबलाई सडनडेथमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

आजको विजेताले उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ।

चर्च ब्वाइजले भुटानको आरटीएफसीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

बुढासुब्बा गोल्ड कपको उपाधि विजेता टिमले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP