काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ। बिहीबार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकले बैठक काँग्रेसका सम्पूर्ण सांसदलाई संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन निर्देशन दिएको बताए।
राष्ट्र र जनताका हितमा पूर्ण रुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउन निर्देशन दिएको छ। बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी रहेको भन्दै संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्व संसदमा प्रश्तुत गर्न सरकारलाई आग्रह गरेको छ।
विचाराधिन रहेको विधेयकहरु आउँदो अधिवशेनबाट पारित गर्न संसदीय समितिमा आवश्यक नेतृत्वदायी भुमिका निर्वाह गर्न नेपाली काँग्रेसका सम्पूर्ण सांसदहरुलाई निर्देशन गरेको छ।
उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरणका लागि संविधानको सार्थक कार्यान्वयन आजको महत्वपूर्ण एजेण्डा हुन्। नेपाली काँग्रेस संसदीय दलको यो बैठक काँग्रेसका सम्पूर्ण मान्य सदस्यहरु, संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशिल रहन, राष्ट्र र जनताका हितमा पूर्ण रुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउने प्रतिवद्धता व्यक्त गर्दछ।’
अध्यादेश संसदबाट पारित गर्नका लागि प्रतिनिधि सभामा सहज भए पनि राष्ट्रिय सभामा केही सदसयको कमी हुने भएकाले जनता समाजवादी पार्टी, नेपालले सहयोग गर्ने सहमति बनिसकेको बताए। उनले जसपा, नेपालले समर्थन गरेसँगै आजै अध्यादेश पारित हुने दाबी गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया