काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
पर्सा, वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित सडकमा एनएल ०१ डी ७८८८ नम्बरको ट्रकमा ना.७ त २७२४ नम्बरको ट्याक्टर ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही महानगरपालिका-२८ बगही टोल बस्ने १८ वर्षीय राजाबाबु महतोको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ।
धनुषा, मिथिला बिहारी नगरपालिका-८ कचुरीस्थित सडकमा बा.३१ प ८३०२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ उत्तमपुर बस्ने ४० वर्षीय बिरेन्द्र राउतको मृत्यु भएको छ। उक्त स्थानमा साइकलसँग ठक्कर खाई दुर्घटनामा हुँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार साइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुलस्थित सडकमा ना.३ त ८४१९ नम्बरको ट्याक्टरले ना.६५ प ५५०५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-१६ मझौलिया बस्ने ३१ वर्षीय बियज कुमार महतोको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
संखुवासभा, चैनपुर नगरपालिका-३ घुमाउने चौतारास्थित सडकमा प्रदेश १-०२-०४९ प ३३३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने २१ वर्षीय रूपेश मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि घोपा अस्पताल धरानतर्फ पठाइएको छ।
कैलाली, बर्दगोरिया गाउँपालिका-२ सम्झना चोकस्थित सडकमा सु.प.प्र.०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई बुधबार राति दुर्घटना हुँदा साइकलमा सवार लम्कीचुहा नगरपालिका-१० चुहा बस्ने १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नर्सिङ होम नेपालगंज बाँकेमा तथा मोटरसाइकलमा सवार १ जना र साइकल चालकको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ।
झापा, कन्काई नगरपालिका-१ बिमल चौतारास्थित सडकमा दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदै गरेको मे.१० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका-५ बस्ने २४ वर्षीय सुमित साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया