कृष्णनगर, २४ माघ ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-७ अजिगरामा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु भएको छ । कृष्णनगर नगरपालिकाकाे आयाेजना र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालयकाे सहयोगमा उक्त तालिम सुरु भएको ७ का वडा अध्यक्ष राज किशोर यादवले जानकारी दिए ।
उनले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत माला पाेते चुरा बनाउने सीप विकास तालिम सञ्चालन भएको बताए । आयआर्जनमा बृद्धि गर्न उदेश्यले महिलालाई सीप विकास तालिम दिइएकाे उनलेे बताए ।
वडाभित्र रहेका गरिब, विपन्न वर्गका १५ जना महिलाहरु तालिममा सहभागी भएकाे आयोजनकले जनाएको छ । स्थानीय आवश्यकताहकलाई परिपुर्ति गर्दै सीपमुलक तालिम दिई उद्यमी बनाई उनीहरुको जीविकोपार्जनमा टेवा पुर्याउनका लागि सीप विकास तालिम सञ्चालनमा ल्याइएको हाे ।
तालिमलाई प्रशिक्षक प्रतिमा पन्त, विनिता केसी, चेतना बुढाथोकीले सहजीकरण गर्ने छन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, वडा अध्यक्ष राज किशाेर यादव, वडा सदस्य शेषराम बरई लगायतले सम्बाेधन गरेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया