काठमाडौं : रक्षामन्त्री मानवीर राईले सैनिक सामग्री खरिद एवं व्यवस्थापन, बंकरदेखि ब्यारेक कार्यक्रम र राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा लक्ष्यबमोजिम प्रगति भएको बताएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो उल्लेख गरेका हुन्। उनले विपद् प्रतिकार्यमा नेपाली सेनाको सक्रियता र भूमिका उल्लेखनीय रहेको बताए।
उनले काठमाडौं तराई मधेस द्रुत मार्ग सडक आयोजनाको शुरु बिन्दु यथाशीघ्र निर्माण गर्नको लागि सरोकारवालाबीच समन्वय भइरहेको बताए। उनले खरिद प्रक्रियालाई कानुनसम्मत एवं पारदर्शी हिसाबले अघि बढाउनुका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मापदण्डबमोजिम द्रुत मार्गको गुणस्तर कायम गर्न निर्माण पूर्व र निर्माणको क्रममा प्रयोग हुने सामग्रीलगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरे।
उनले निर्धारित समयमै गुणस्तरीय रूपमा निर्माण गराउने सन्दर्भमा मन्त्रालयले निरन्तर सहयोग र समन्वयका साथै निरन्तर अनुगमन गर्नुपर्ने जरुरी रहेको बताए।
उनले भने, ‘सैनिक सामग्री खरिद एवं व्यवस्थापन, बंकरदेखि ब्यारेक कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सबैमा लक्ष्यबमोजिम प्रगति देखिएको छ। विपद् प्रतिकार्यमा नेपाली सेनाको सक्रियता र भूमिकाको उच्च प्रशंसा गर्दछु।’
रेलमार्ग खोकना क्षेत्रमा नजाने पनि दाबी गरे। खोकना क्षेत्रमा स्मार्ट सिटी पनि जग्गाको अभावका कारण बन्न नसक्ने बताए। फास्टट्रयाकमा लाभकर छुट दिनेकुरा जनताका लागि काम गरेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया